दफा १०
प्राज्ञिक परिषद्को गठन

(१) विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यहरूलाई व्यवस्थित गर्ने निकायको रूपमा काम गर्न देहाय बमोजिमको एक प्राज्ञिक परिषद्को गठन हुनेछः–

(क) उप–कुलपति अध्यक्ष

(ख) रजिष्ट्रार सदस्य

(ग) डीनहरू सदस्य

(घ) विश्वविद्यालयका विभिन्न विषय समितिका अध्यक्षहरूमध्येबाट पाँच जना सदस्य

(ङ) अनुसन्धान केन्द्रका प्रमुख सदस्य

(च) विश्वविद्यालयका पाठ्यक्रम तथा परीक्षा सम्बन्धी निकायका प्रमुखहरू सदस्य

(छ) क्याम्पस प्रमुखहरूमध्येबाट चारजना सदस्य

(ज) शिक्षकहरू मध्येबाट दुई जना सदस्य

(झ) शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका शिक्षाविद्हरू मध्येबाट दुई जना सदस्य

(ञ) डीनहरू मध्येबाट उप–कुलपतिले तोकेको डीन सदस्य–सचिव

(२) पदेन सदस्यहरू वाहेक अन्य सदस्यहरूको मनोनयन उपकुलपतिको सिफारिशमा कुलपतिबाट हुनेछ ।

(३) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।

(४) कुनै कारणले मनोनीत सदस्यहरूको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (२) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।

(५) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि प्राज्ञिक परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।